१ करोड ६२ लाख ४३ हजार १ सय १० पुग्यो मतदाता संख्या
काठमाडौं। देशमा मतदाताको संख्या १ करोड ६२ लाख ४३ हजार १ सय १० पुगेको छ। निर्वाचन आयोगका अनुसार पुस ५ सम्म १८ वर्ष उमेर पुगेका नयाँ मतदाताहरुको नाम मतदाता नामावलीमा थपिएसँगै सो संख्या पुगेको हो।
आयोगका अनुसार यो पटक मतदाता नामावालीमा तेस्रो लिंगीको पनि संख्या वर्गीकरण गरिएको छ,। पुरुष ८२ लाख, ११ हजार ९५४, महिला ८० लाख ३० हजार ९८४ तथा तेस्रो लिंगी १७२ मतदाता रहेका छन्।
आयोगले बुधबार अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ। सरकारले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक थालेको थियो।



No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment