गायक सुरेन भण्डारीको ‘ओई सुवा’ सार्वजनिक
काठमाडौं। गायक तथा सञ्चारकर्मी सुरेन भण्डारीको नयाँ गीत “ओई सुवा” युटुबमा सार्वजानिक भएको छ। भण्डारीको यसअघि पनि थुप्रै हिट गीतहरु बजारमा आइसेकका छन्।
बिशेषगरी सुदुरकै परिवेशमा रहेर गीत बनाउँदै आएका उनले अब भने बजारको माग बमोजिम सबै खाले गीतहरु बजारमा ल्याउने बताएका छन्।
अहिले आफु सुदुरपश्चिमको कलासंस्कृति गीतको माध्यमबाट जोगाउन लागि परेको उनको भनाइ छ।
बजारमा आएको “ओई सुवा” गीतमा शव्द, संगीत एवं स्वर गायक सुरेनकै रहेको छ। गीतको भिडियोमा स्वंय आफु पनि मोडलको रुपमा फिर्चड छन्। उनलाई भिडियोमा मोडल सुस्मीता खड्काले साथ दिएकी छिन् भने म्यूजिक भिडियोको निर्देशन गौरब गिरीले गरेका हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment