एमाले संसदीय दलको निर्णय : माधव नेपाल र झलनाथ खनालसहित २४ सदस्यीय संसदीय बोर्ड गठन
काठमाडौं। नेकपा एमालेको संसदीय दलको बैठकले २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले बैठकमा अनुपस्थित रहेका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनालसहित २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको सांसद शेरबहादुर तामाङले जानकारी दिए।
बोर्डको प्रमुखमा दलका नेता ओली छन्। सदस्यहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल, उपनेता सुवास नेम्वाङ, शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक पनि सदस्य मनोनित भएका छन्।
बोर्डका अन्य सदस्यमा प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सुमन प्याकुरेल, विमला राई पौडेल, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा र राजेन्द्र राई रहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment