पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, एक डीएसपी सहित नौ प्रहरीको मृत्यु

डिसी नेपाल
१४ साउन २०८३ १०:४५

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको हांगुमा रहेको खजिना चेक पोस्टमा भएको आक्रमण र प्रतिआक्रमणमा एक डीएसपी सहित नौ प्रहरीको मृत्यु भएको छ।

बीबीसी उर्दूका अनुसार प्रहरीले यस भिडन्तमा १५ जना अतिवादी मारिएको दाबी गरेको छ।

खैबर पख्तुनख्वा प्रहरीको विज्ञप्ति अनुसार बुधबार भएको आक्रमण र त्यसपछिको कारबाहीमा डीएसपी दियार खानसहित नौ प्रहरी मारिएका छन् भने डीएसपी मुजाहिद हुसेनसहित २८ प्रहरी घाइते भएका छन्।

विज्ञप्तिमा भनिएको छ – आतंककारीहरूले हांगुको खजिना बन्दा चौकीमा भारी हतियारले आक्रमण गरे। यसअघि बुधबार पाकिस्तानी सेनाको आन्तरिक सुरक्षा बल (आइएसपीआर) ले विगत २४ घण्टामा खैबर पख्तुनख्वा र बलुचिस्तानमा संयुक्त कारबाहीका क्रममा सुरक्षा बलले ३२ आतंककारीहरूलाई मारेको दाबी गरेको थियो।

आईएसपीआरका अनुसार यी कारबाहीहरू अतिवादी र उनीहरूका समर्थकहरू विरुद्ध गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *