सुशान्त सिंह राजपुतको मृत्युपछि पहिलो पटक नयाँ फिल्ममा देखिइन् रिया चक्रवर्ती

डिसी नेपाल
५ चैत २०७७ १६:३५
564
Shares

काठमाडौं। बलिउड अभिनेता सुशान्त सिंह राजपुतकी प्रेमिका रहेकी अभिनेत्री रिया चक्रवर्ती सुशान्तको मृत्युपछि पहिलो पटक नयाँ फिल्ममा देखिएकी छिन् । फिल्म ‘चेहरे’मा रिया हुने कि नहुने भन्ने प्रश्नको अब जवाफ पाइएको छ र फिल्ममा रियाको भूमिका भएको प्रस्ट भएको छ । फिल्मको ट्रेलर रिलिज भएको छ र ट्रेलरमा उनी देखिएकी छिन् तर उनको कुनै संवाद भने सुनिएको छैन ।

फिल्मका निर्देशक रुमी जाफरी र निर्माता आनन्द पण्डितले भारतीय अखबार दैनिक भास्करसँग कुरा गर्दै रियाको भूमिकामा कुनै किसिमको काँटछाँट नभएको बताएका छन् । यसअघि चेहरेको पोस्टर र टिजरमा रिया नदेखिएपछि सुशान्तका फ्यानको असन्तुष्टिबाट बच्नको लागि रियालाई फिल्ममा रिप्लेस गरिएको चर्चा चलेको थियो । २०१९ मा रियाले यो फिल्मको सुटिङ गरेकी थिइन् र फर्स्ट लुक पनि साझा गरेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.