जनकपुर र कर्णालीमा भएको साहित्य महोत्सवको समीक्षा

तर्कबहादुर थापा
७ चैत २०७७ ९:०६
320
Shares

काठमाडौं। पछिल्लो समय विचार उत्पादन गर्ने महोत्सव र उत्सहरु हुने क्रम बढ्दो छ। पोखराले ९औं संस्करणको पोखरा साहित्य महोत्सव गर्दा जनकपुर र कर्णालीमा पनि दोस्रो संस्करण पूरा भएको छ।

फागुन महिनाभित्र नै कर्णाली उत्सवको नाममा र जनकपुर साहित्य महोत्सवको नाममा विचार उत्पादन गर्ने कोशिस गरियो। विचारको मन्थनका लागि आयोजना गरिएका यस्ता उत्सवहरु विवादित पनि हुने गरेका छन्।

कर्णालीको भन्दा केहीदिन पहिला भएको जनकपुर साहित्यिक महोत्सवमा विवाद सिर्जना भयो। कर्णालीमा भएन। आज हामीले जनकपुर र कर्णाली साहित्य महोत्सवका आयोजकहरुसँग विवादका कारण, सिक्नु पर्ने कुरा र महोत्सवको महत्वका बारेमा कुराकानी गरेका छौं।

जनकपुर : यसपालिको जनकपुर साहित्य महोत्सव भावनात्मक रुपमा सामाजिक रुपमा र व्यवस्थापकीय रुपमा निकै चुनौतीपूर्ण रह्यो, हामीले आयोजक संस्थाका अध्यक्षलाई उद्घाटन हुने दिनमै गुमायौं। म संयोजक भएकाले हस्पिटल बढी गएका कारण तयारीमा लाग्न पाइँन।

सामाजिक रुपमा यसकारण कि छोटो विष्लेशण गर्न खोजेर, मूल्यांकन गर्न खोजेर जुन अभिव्यक्तिको हतारो हुन्छ कुनै जमातलाई त्यो कारणले हामीलाई मानसिकरुपमा तनाव दिइराख्यो। व्यवस्थापकीय रुपमा यसकारण कि हामीले क्राइसिस कन्ट्रोल गर्न केही सेसनहरुमा फेरबदल गर्नु पर्यो। तथापि समापनको दिन हामी खुसी थियौं।

कर्णालीः  कर्णालीमा पनि निकै राम्रो भयो। सुरुवातमा ३ दिन सोचेका थियौं पछि उद्घाटनलाई छुट्टै राखेर हामीले ३ दिन चलायौं। सामाजिक सञ्जालमा पोहोर भन्दा राम्रा प्रतिक्रिया पायौं। समग्र सभ्य र भव्य उत्सव भयो। हामीले कर्णाली मात्र हैन त्यस्तै भूगोल भएका अन्य ठाउँहरुलाई पनि प्रतिनिधित्व हुने गरी महोत्सवको आयोजना गरेका थियौं।

जनकुपर :  कमजोरी थिएनन् भन्न मिल्दैन। मैले हामीसँग कुनै पनि कमजोरी पक्ष थिएनन् भन्दिन। तर, सबै कमजोरी हाम्रो नियन्त्रणमा रहँदैनन्। उदाहरणको लागि अर्चना थापा ज्यूलाई वक्ताको रुपमा बोलाएका थियौं उहाँको ससुरा २ दिन अघिमात्र वित्नु भयो। मेरो दाई भेन्टिलेटरमा रहेको अवस्थामा म त्यो विकल्प खोज्ने अवस्थामा पनि थिएन। यो एउटा उदाहरणमात्र हो अरु पनि यस्ता कुरा भए। हामीले भोग्यौं। कमजोरी त्यहाँ थियो।

सामाजिक सञ्जामा आएको विवादको कुरा गरेँ। हामीले जनकुरको मौसमको सहजै अनुमान गर्न सक्ने अवस्था छैन। डा. राजेन्द्र विमलको सेसनमा तापक्रम बढ्यो। उहाँलाई असहज महशुस भयो र एकजना भोलेन्टियरले छाता ओढाउनु भयो।

करिव ४५ मिनेट केटा मान्छेले छाता ओडाउनु भयो। अरु १५ मिनेट जति केटी भोलेन्टियरले छाता ओडाउनु भयो। केटी भोलेन्टियरको छाता ओडाएको फोटो सामाजिक संजालमा भाइरल बनाए। सम्पादक स्तरको मान्छेले पनि त्यो स्तरको कुरा गर्नु भयो। केटा र केटी दुबै भोलेन्टियरले छाता ओढाएका छ। राम्रो सहकार्य हो नि त्यो त।

समावेशिता लैंकिक मात्र हुँदैन। सामुदायिक हुन्छ, साम्प्रदायिक हुन्छ, समाजिक हुन्छ। त्यसरीत हामीले व्यवस्थापन गरेका थियौं। मधेस र पहाडको समावेशिता थियो। अर्को कुरा समावेशिता भनेको काठमाडौंको सीमित एलिटहरुलाई लिएरमात्र समावेशिता हुँदैन। हाम्रो लागि समावेशिता मुसहर, चमार, डुम जातिको समावेशिता छ कि छैन भन्ने हेर्नु पर्छ र हेरेका थियौं।

कर्णाली :  जनकपुर साहित्य महोत्सवको कुराबाट सिकेर रातारात परिवर्तन गर्यौं भन्न त मिल्दैन। तर, केही कुरा सिकाई त अवश्य नै हुन्छ। कर्णालीका वक्ता जनकुपर लैजानै, जनकपुरका कर्णाली पुर्याउने काम भयो। लगभग पुसको महिना नै हामीले यी वक्ताहरु, यो समय भन्ने तयारभएको थियो। संघीयताको नाममा बाँकी ६ वटा प्रदेशमा यो देश टुक्रिँदै गर्दा कर्णालीमा बलिदानी पछि कान्छो प्रदेशका रुपमा आएको हो।

हामी पनि सबै कुरामा सन्तुष्ट छौ भन्न मिल्दैन। अर्को वर्ष धेरै कुराहरुलाई सुधारौंला, समावेशितामा बढाउनु पर्ने ठाउँमा बढाउँला। तर, यो वर्ष जनकपुरको तुलनामा हामीेले आलोचना कम खेप्नु पर्यो। हामीले फिड्ब्याक, प्रतिक्रियाको रुपमा दंग नपर्नु है अझै धेरै गर्नु पर्नेछ भन्ने पाइरहेका छौं।

बाडो, थाडो र ओटालो सेसन चलाउँदै गर्दा हामीले कर्णाली भित्रका विभेदका कुरा उठाएका छौं। एउटाको छत अर्काको आगन हुँदै बनेको बस्तिभित्र पनि लैंगिक विभेद, सामाजिक विभेद, साम्रदायिक विभेद, स्वास्थ्य तथा शिक्षाको विभेद, धनि र गरिवको विभेद, माटो माटोबीचको विभेद, बाटोबाटोबीचको विभेद किन भन्ने प्रश्न उठाएका थियौं। त्यो सेसनमा प्रश्न साबिकको कर्णालीबाट धेरै सोधिएका थिए।

जनकपुर :  मैले ३८ प्रतिशत महिला प्राप्त हो भन्ने कुरा स्वीकार गर्दैन। अझै बढेर ५८ होस, ६८ होस् त्यो राम्रो हुन्छ। यसपाली हाम्रो महोत्सवको बारेमा कुरा गर्दा जुन अन्तिमतिर क्यान्सिल भए। उहाँहरु पनि आउनु भएको भए ४५ प्रतिशत पुग्यो। त्यो पनि प्रयाप्त हो मैले भन्दिन।

तर, समावेशिताको नाममा टोकोनिजम पनि मैले स्वीकार गर्दिन। महिला देखाउनकै लागि मात्र राखिने कुरामा पनि म सहमत छैन। अब अर्को वर्ष हुने महोत्सवका लागि मैले अहिलेदेखि नै सानो कमिटी बनाएर महिला सहभागितालाई ५० प्रतिशत पु¥याउनु पर्छ भन्नेमा ध्यान दिएका छौं।

कर्णाली :  विषय र वक्ताहरुको उपस्थितिका हिसाबले समावेसी बनाउने प्रयास गर्यौं। समावेशिताका कुराहरु लैंगिक मात्र हैनन्। सामाजिक, साम्प्रदायिक र अन्य पनि समावेशी आवश्यक पर्छ। अर्को कुरा कर्णाली उत्सव क्षेत्रीय उत्सव हैन। हामीले यसलाई राष्ट्रिय उत्सवकै रुपमा लैजाने सोच बनाएका छौं। कर्णाली रोग, भोक र शोकको ठाउँहो भन्ने चित्र जुन मानसपटलमा छ। त्यो चित्र फेर्नका लागि पोहोरबाट सुरु गर्यौं। अहिले दोश्रोमा पुग्यौ। हामी सन्तुष्ट छैनौं। सोचेका छौं यो नम्बर बढाउनु पर्छ। नम्बरबढानुमात्र ठूलो कुरा हैन। मुद्दा पनि उठाउनु छ। हामीले अहिले कर्णालीका हिरोहरुका कथा सुरुवात गरेका छौं। कर्णालीलाई पहिलो पटक चिनाउने अरु व्यक्तिहरुलाई पनि समेटने कोशिस गर्ने छौं।

जनकपुर :

  एउटा वकिलले भन्नु हुन्थ्यो, ‘जब हामी संविधानको विरोधलाई निर्माताहरुले सकारात्मक रुपमा लिनु पर्छ। किनकी त्यहाँ अझै केही अपेक्षा बँकी छन्। हरेकदिन संविधानको विरोध हुन्छ र त बलियो हुन्छ।’ मैले पनि विरोधलाई त्यसैगरी लिने गरेको छु। अझै समाजमा हामीसँग कुनै न कुनै अपेक्षा छ। हामीले सम्बोधन गर्न सकेका छैनौं। हाम्रो अभियानको अस्तित्व स्वीकारेका कारण नै विरोध गरे।

हाम्रो अस्तित्व स्वीकार हुन्थेन भने किन विरोध किन समर्थन केही हुँदैनन् नि। सूचना र दृष्टिकोण अलगअलग हुन्छ। सूचनाले मात्र पुग्दैन। त्यसलाई कसरी त्यसलाई बिचारमा परिवर्तन गर्ने भन्ने दृष्टिकोण चाहिन्छ। त्यो दृष्टिकोण यो फोरमले सघाउँछ। जब प्रश्न मर्न थाल्छ सुशासन पनि त्यहीँबाट मर्न सुरु हुन्छ।

कर्णाली :  हिजोदेखि हाम्रो बुझाई एक प्रकारको थियो। विकास भनेको पुल बन्नु, बाटो बन्नु हो भन्ने भयो। परिवर्तन भन्ने कुरा राजनीतिक मात्र हुन्छ। नेताहरुले मात्र गर्छन भन्ने सिकाइ भयो, बुझाइ भयो। धेरै जसोकुरा त नेताहरुबाट अपेक्षा गरेका हुन्छौं। परिवर्तन त भौतिक विकासमात्र नभएर नागरिकले कति बोल्न पाउँछ। प्रश्न गर्न पाउँछ। आफूलाई त्यहाँ देख्न पाउँछ।

विचारमा विविधता कति हुन्छ। उत्सव गर्यौं र न त यति धेरै प्रश्न आए नगरेको भए त जिन्दगी चलि रहथ्यो। धारामा पानी बगिरहन्थ्यो। भेरी नदि बगि रहन्थ्यो। यो गरेपछि मेरो सहभागिता खोई? भनेर डोप्ला, जुम्ला लगायतका ठाउँबाट प्रश्न आउँछ।

कतिले बल्ग लेख्नु हुन्छ। कोही ४ सय वर्षसम्म पनि यही तरिकाले जानेहो त यो उत्सव भनेर प्रश्न गर्नु हुन्छ। यसको कारण त उहाँहरुलेस्पेस खोज्नु भएको हो। कर्णालीमा गएर प्रदेश २ का मुख्यमन्त्रीले मधेस चिनाउनु भयो, यस्ता उत्सव यसकारण पनि महत्वपूर्ण छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *