‘रोड टु एभरेस्ट’ डकुमेन्ट्रीको ग्रान्ड प्रिमियर
काठमाडौं। वी विल राइज फाउन्डेसनले नेपालको हिमाली गौरव र एभरेस्ट यात्रालाई समेटिएको डकुमेन्ट्री ‘रोड टु एभरेस्ट’ को ग्रान्ड प्रिमियर गरेको छ।
शनिबार, छायाँदेवी कम्प्लेक्स, ठमेलमा डकुमेन्ट्री ‘रोड टु एभरेस्ट’ को ग्रान्ड प्रिमियर गरेको हो।
समुद्री सतहदेखि सगरमाथा शिखरसम्मका यात्रको कथा डकुमेन्ट्रीमा आधारित छ। निर्माताले उक्त डकुमेन्ट्रीमा सगरमाथा आरोहणको साहस, रहस्य, जिज्ञासा र जलवायु परिवर्तनले त्यहाँ पारेको असर र प्रभावको कथा समेटेमा छन्।
हङकङमा बस्दै आएका ५० वर्ष नाघेका राज गुरुङको उमेर, समय र आफ्नै सीमालाई चुनौती दिँदै सगरमाथा आरोहणको सपना पछ्याएको प्रेरणादायी यात्रालाई डकुमेन्ट्रीले प्रस्तुत गरेको छ।
निर्मल श्रेष्ठको निर्देशनमा निर्माण भएको डकुमेन्ट्रीमा कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा तथा निमा ग्याल्जेन शेर्पा आरोहीको रुपमा देखिएका छन्। फुर्वाले १८ र निमाले विश्वकै १४ अग्लो हिमालसहित १० पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन्।
दुई वर्षको अनुसन्धान, छायांकन र निर्माण प्रक्रियापछि तयार भएको यस डकुमेन्ट्रीको कथा सञ्चारकर्मी सन्तोष आचार्य र संचारकर्मी समेत रहेका निर्देशक श्रेष्ठले लेखेका हुन्। भूषण दाहालको भ्वाइसओभर रहेको वृत्तचित्र नेपाली र अंग्रेजी भाषामा बनेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment