राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान (फाेटाेफिचर)
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशका राष्ट्रपति महम्मद अब्दुल हमिदको २ दिने मैत्रीपूर्ण निमन्त्रणामा आज बंगलादेशको राजधानी ढाका प्रस्थान गर्दै छिन्। नेपाल एअरलाइन्सको चार्टड विमानबाट उनी त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन्।
बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहकाक अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी आज त्यसतर्फ जान लागेकी हुन्।

राष्ट्रपति भण्डारीलाई त्यहाँ २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ सम्मान गरिनेछ। सो पश्चात् उनी त्यहाँको राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलिका लागि पुग्नेछिन्।
उनले आजै बंगलादेशका राष्ट्रपति हमिदसँग दुईपक्षीय भेटवार्ता हुनेछ भने प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नुुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।







No ads found for this position


Facebook Comment