युवा नेत्री सुब्बाद्वारा अग्नि पीडितलाई आर्थिक सहयोग

डिसी नेपाल
१० चैत २०७७ १५:३६
496
Shares

काठमाडौं। नेपाल विद्यार्थी संघ त्रि-चन्द्र क्याम्पस ताप्लेजुङका विद्यार्थीहरुद्वारा ताप्लेजुङमा गत फागुन १८ मा गएको आगलागीको लागि राहत संकलन कार्य आरम्भ गरेको छ। उक्त कार्यक्रममा ५ सदस्यीय टोली गठन गरिएको छ।

रकम संकलन कार्य तिब्र रुपमा भैइरहेको सो अभियानको अध्यक्ष पार्कल देवानले जनाएका छन्। दु:खद परिस्थितिमा हातमा हात मिलाउने कोशिस स्वरुप उक्त अभियान चालेको देवानले बताए।

यो कार्यमा कार्यमा बिदेश नीति, प्रशिक्षण तथा प्रतिष्ठान बेलायत शाखाको शाखा प्रमुख, एनआर.एन सुश्री कोपिला लिम्बू सुब्बाबाट हातमा हात मिलाउने कोशिस स्वरुप ब्यक्तिगत रुपमा दस हजार सहयोग गरेकी छिन।

यो अभियानलाई सुरुवाती दिनदेखि साथ दिएको कोपिलाले उक्त अभियानमा अझै सहयोग गर्ने प्रतिबद्धता समेत जनाएकी छिन्। उनी नेपाली कांग्रेस ताप्लेजुङ सभापति लिलादेबी बोखिमकी छोरी हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.