मास्क नलागए कारबाही गरिने काठमाडौं जिल्ला प्रशासनको चेतावनी

डिसी नेपाल
११ चैत २०७७ २०:३१
252
Shares

काठमाडौं। कोरोना संक्रमणको दोस्रो लहर आउन सक्ने जोखिम बढेपछि तातिएको गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेअनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयले बुधबार एक सूचना जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंकी प्रशासकीय अधिकृत रमा घिमिरेले एक सूचन जारी गर्दै मास्क नलाए कारबाही गरिने चेतावनी दिएकी छन्। सामाजिक दुरी कायम गर्न, स्यानिटाइजरको उपयोग गर्न र मास्क अनिवार्य रुपमा लगाउन सूचनामा अनुरोध गरिएको छ। घर बाहिर निस्किँदा मास्क नलागउनेमाथि संक्रामक रोग ऐन अनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

दक्षिणी छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहर शुरु भएपछि नेपाल पनि उच्च जोखिममा परेको छ। यसअघि पनि भारतबाटै भित्रिएको कोरोनाले नेपालमा व्यापक क्षति गरेको थियो। विगत केही महिना यता नियन्त्रणमा देखिएको कोरोना संक्रमण भारतमा बढेसँगै नेपालमा फेरि फैलिन सक्ने जोखिम बढेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *