ओच्छ्यानसहित बेपत्ता पारिएका दम्पतीको शव जमिनमुनि ५ फिट तल भेटियो

डिसी नेपाल
१२ चैत २०७७ १५:३४
2.4k
Shares

काठमाडौं। घरबाटै बेपत्ता पारिएका महोत्तरी पिपरा–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झाको ५ फिट तल गाडिएको शव प्रहरीले विहीबार उत्खनन् गरेको छ। ३२ दिनपछि प्रहरीले शव पत्ता लगाएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर महतो नेतृत्वको टोलीले उनीहरूको शव उत्खनन् गरेको हो। ती शव कंकाल हुने अवस्थामा छन्।

घरदेखि ३ किलोमिटर पर खाल्डो खनेर गाडेको अवस्थामा उनीहरुको कंकाल हुन लागेको शव फेला परेको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) धीरजप्रताप सिंहले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *