पाठ्यक्रममा नयाँ नक्सा समावेश गरी पुस्तक छाप्ने काम अन्तिम चरणमा

उपेन्द्र शाही
१३ चैत २०७७ १४:३०

काठमाडौं। परिवर्तित शैक्षिक सत्र २०७९ का लागि नयाँ पुस्तक छाप्ने काम अन्तिम चरणमा पुगेको छ। विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको प्रभावका कारण यो वर्षको नयाँ शैक्षिक सत्र असारबाट सुरु हुँदैछ।

चैत मसान्तसम्म सबै पाठ्यपुस्तक छापी सक्नु पर्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले केही ढिलो गरी बैशाख १५ सम्म सबै पाठ्यपुस्तक छापी सक्ने बताएको छ।

कक्षा २, ३, ६ र १२ मा नयाँ पाठ्यक्रमका कितावहरु छापिने भएकोले केही ढिलाई भएको जनक शिक्षा सामग्री केन्द्रका प्रवक्ता चित्रकुमार आचार्यले जानकारी दिए। एक करोड ८४ लाख थान पाठ्यपुस्तक छाप्नु पर्नेमा हालसम्म एक करोड ५० लाख थान पाठ्यपुस्तक छापी सकिएको उनको भनाइ छ।

‘नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छाप्ने काम अन्तिम चरणमा छ। हामीले एक करोड ८४ लाख थान पाठ्यपुस्तक छाप्ने जिम्मा पाएका थियौं। जसमा हालसम्म एक करोड ५० लाख थान पाठ्यपुस्तक छापी सकेका छौं। अब बाँकी रहेका ६४ लाख थान पाठ्यपुस्तक आउने बैशाख १५ सम्म छापी सक्ने छौं’, उनले भने।

पठ्यपुस्तक छाप्न ढिलाई भएको बारे उनले भर्ने अहिले नयाँ पाठ्यक्रम भएका कक्षाहरुको पाठ्यक्रम किताब छाप्न केही ढिलाई भएको छ। यसमा कोभिड–१९ को पनि प्रत्यक्ष अप्रत्यक्ष असर पनि रह्यो।

धमाधम नयाँ पाठ्यपुस्तक छाप्ने काम भइरहेको छ। नयाँ पाठ्यक्रम परिर्वतन गरिएका कक्षाका पुस्तकमा नयाँ नक्सा र नयाँ नक्सा बारेका जानकारी समेटिएकाे छ। नयाँ नक्सा प्रकाशन गर्ने कुरा संविधानमा नै व्यवस्था भएकोले नयाँ पाठ्यक्रम परिवर्तन भएका कक्षाका पुस्तकहरुमा यो शैक्षिक सत्रदेखि र बाँकी रहेका पाठ्यपुस्तकमा अर्को शैक्षिकसत्रमा क्रमश प्रकाशित गरिनेछ।

त्यसैले केही ढिलो गरी पुस्तक छाप्ने काम चाँडै सकिने छ।’ नयाँ शैक्षिक सत्रकालागि पाठ्यपुस्तक छाप्ने काममा कुनै समस्या नभएकोे बताउँदै उनले सबै पाठ्यपुस्तक छपाई ढिलो भएकै कारण विद्याथीर्ले पुस्तक नपाउने समस्या नदोहोरिने बताए।

नयाँ शैक्षिक सत्रमा नयाँ नेपालको नक्सा

गत ५ जेठमा मन्त्रिपरिषद् बैठकले निर्णय गरेसँगै कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक भयो। तर, उक्त नक्सा पाठ्यापुस्तकमा नसमेटिएको भन्दै सरकारको व्यापक आलोचना भएको थियो।

नयाँ पाठ्यपुस्तकमा संविधान संशोधन गरिवरी नयाँ नक्सा जारी गर्न राजीतिक कारण नछापीएको भन्दै टिकाटिप्पणी भएका थिए। तर, आगामी सत्रका लागि छापीने नयाँ किताबमा भने नयाँ नक्सा छापिने भएको छ।

पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरले अबको शैक्षिक सत्रमा नयाँ नक्सासहितको पाठ्यपुस्तक छाप्न लागिएको जानकारी दिएको छ। पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी गणेश प्रसाद भट्राईले संविधानमा व्यवस्था भइ आएकोले नयाँ किताबमा नयाँ नेपालको नक्सा र जानकारी समेटिएको बताए।

यो वर्ष नयाँ पाठ्यक्रम विकास गरिएका कक्षा २, ३, ६ र १२ कक्षाका पुस्तकहरुमा यो वर्षदेखि नयाँ राजनीतिक र प्रशाशनिक नक्सा समेटिन लागिएको हो। कक्षा १ मा भने गत वर्षदेखिनै नयाँ नक्सा प्रकासन गरिएको पनि उनले जानकारी दिए।

उनले भने,  ‘धमाधम नयाँ पाठ्यपुस्तक छाप्ने काम भइरहेको छ। हामीले नयाँ पाठ्यक्रम परिर्वतन गरिएका कक्षाका पुस्तकमा नयाँ नक्सा र नयाँ नक्सा बारेका जानकारी समेटेका छौं। नयाँ नक्सा प्रकाशन गर्ने कुरा संविधानमा नै व्यवस्था भएकोले हामी नयाँ पाठ्यक्रम परिवर्तन भएका कक्षाका पुस्तकहरुमा यो शैक्षिक सत्र देखि र बाँकी रहेका पाठ्यपुस्तकमा अर्को शैक्षिकसत्रमा क्रमश प्रकाशित गर्ने छौं।’

विगतका वर्षहरुमा समयमै पुस्तक विद्यार्थीको हात हातमा पुर्याउन नसकिएको स्वीकार्दै उनले यो वर्ष समयमै सबै विद्यार्थीका हातमा पुस्तक पुग्ने दावी गरे।

यसअघि गत वर्ष पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गरेको पुस्तकका शब्दहरु कूटनीतिक मान्यताअनुसार नभएको र थपिएको भूभागअनुसार क्षेत्रफललगायत अन्य कुरा पनि नमिलेको भन्दै विवाद भएको थियो।

सोही समयमा खासगरि सम्बन्धित मन्त्रालयहरु प्रराष्ट्र मन्त्रालय र भूभि सुधार मन्त्रालयले यस विषयमा आपत्ति जनाएका थिए। त्यसपश्चात तत्काललाई उक्त पुस्तक बजारमा नल्याउन सरकारले निर्देशन दिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *