शनिबार काँग्रेसको आकस्मिक बैठक, जोशीको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालमा राखिने

डिसी नेपाल
१३ चैत २०७७ २३:०५
72
Shares

काठमाडौं। नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार बस्ने भएको छ। काँग्रेस केन्द्रीय कार्यालयको सूचना अनुसार शनिबार बिहान साढे ११ बजे बैठक बोलाइएको छ। काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको निधन भएपछि काँग्रेसले आकस्मिक बैठक बोलाएको हो।

काँग्रेसले शनिबार मध्याह्न १२ बजेदेखि २ बजेसम्म स्व जोशीको पार्थिव शरीर पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राख्ने जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *