मोदीको भ्रमण हुँदा बंगलादेशमा फेसबुक नियन्त्रण
ढाका (एजेन्सी)। सामाजिक सञ्जाल फेसबुक र त्यसको म्यासेज एप शुक्रबारदेखि बंगलादेशमा डाउन भएको छ। प्रदर्शनकारीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने देश भ्रमणको विरोध गरेपछि बंगलादेशमा फेसबुक नियन्त्रण गरिएको अमेरिकी टेक जाइन्टले जनाएको छ। मोदीले शुक्रबार बंगलादेशको भ्रमण गरेका थिए।
मोदीको भ्रमणको विरोधमा भएको प्रदर्शनका क्रममा बंगलादेशको चटगाउँको एक प्रहरी चौकीमा प्रदर्शनकारीले आक्रमण गरेको भन्दै प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा चार जनाको मृत्यु भएको थियो।
‘हामीलाई थाहा छ कि बङ्गलादेशमा हाम्रा सेवाहरू प्रतिबन्धित भएका छन्,’ फेसबुकले एक बयानमा भन्यो, ‘हामी अझ बढी बुझ्ने काम गर्दैछौं र सकेसम्म चाँडै पूर्ण पहुँच पुनर्स्थापित हुने आशा राख्छौं।’
प्रधानमन्त्री शेख हसिनाको सरकारले फेसबुक र त्यसका म्यासेन्जरलाई ब्लक गरेको भए पनि कुनै टिप्पणी भने गरेको छैन। तर, यसअघि पनि इन्टरनेट बन्दलाई विरोध प्रदर्शनको प्रसार रोक्न उपकरणको रुपमा प्रयोग गरिादै आइएको छ।
कोरोनाभाइरस महामारीको सामना गर्न प्रभावकारी सञ्चार आवश्यक भएको समयमा बङ्गलादेशमा यसलाई कसरी प्रतिबन्धित गरिंदैछ भन्ने विषयमा पनि फेसबुकले गम्भीर चिन्ता व्यक्त गरेको छ।
स्थानीय कट्टर समूह हेफाजात–ए–इस्लामले, जसको अर्थ इस्लामको सुरक्षा हो, चटगाउँ हत्याको विरोध गर्न आइतबार देशव्यापी हडतालको आह्वान गरेको छ। हेफाजत र यसका समर्थकहरूले मोदीलाई भारतमा अल्पसंख्यक मुस्लिमहरूलाई अलग गरेको आरोप लगाएका छन्।
मोदी दुई दिने भ्रमणका लागि शुक्रबार ढाका उत्रिएका थिए। गत वर्ष कोरोनाभाइरस महामारी फैलिँदै गएको उनको पहिलो अन्तर्राष्ट्रिय यात्रा राष्ट्रको स्वाधीनताको ५० औँ वार्षिकोत्सव मनाउन थालिएको थियो।







डिसी नेपाल








Facebook Comment