धुलिखेलका पर्यटकीय क्षेत्रमा तुँवालोको प्रभाव (फोटोफिचर)

डिसी नेपाल
१७ चैत २०७७ १०:३५

काठमाडौं । काठमाडौं उपत्यकाबाट करिव ३० किलोमिटर पूर्वमा रहेकाे छ धुलिखेल नगरपालिका। काभ्रेपलाञ्चाेक जिल्लाकाे सदरमुकामसमेत रहेकाे धुलिखेल नगरपालिका भित्रको पर्यटकीय क्षेत्रहरु मध्येको एक हो देवीस्थान।

पृथ्वीनारायण शाहको पालादेखि देवीस्थानको महत्व कहिल्यै घटेकाे छैन्। नजिकै रहेको चुच्चे ढुङ्गाले पनि त्यहाँ पर्यटहरुलाई आकर्षण गरिरहेको पाइन्छ। तर, केहीदिनदेखि बायुमण्डलमा आएको खराबीका कारण त्यहाँ पुग्ने पर्यटकहरु ‘कुहिरोको काग’ झै हुने गरेका छन्।

चुच्चेढुङ्गा र देविस्थानका साथै बलभद्र कुवरको शालिक भएको डाँडाबाट काभ्रेमात्र नभएर दोलखासम्मको दृष्यहरु देख्न पाइन्थ्यो। हिमालका टाकुमारमा देखिने हिउँले सबैको ध्यान आकर्षित गथ्र्यो। भिर, पाखा र पखेराले सबैको मन लोभ्याउँथ्यो। सबैले सेल्फी खिच्थे, टिकटक बनाउँथे र आफ्नो समयलाई भरपुर उपयोग गर्थे।

देवीस्थानमै व्यापार गरेर बसेकी सृजना थापा त्यो ठाउँका बारेमा जानकार छन्। थापा सोही ठाउँमा हुर्केको बढेको सुनाउँछिन्। ‘चुच्चे ढुङ्गामा नाग देवता हुनुहुन्छ’ डिसी नेपालको टिमसँग सृजनाले भनिन्, ‘हामी सानोमा आउँदा एक/दुई रुपैयाँ पनि पाउथ्यौं। पूजा गरेको देखिन्थ्यो।’

सिधा उभिएको ढुङ्गा २०७२ सालमा आएको भूकम्पका कारण अलि ढल्केको थियो। त्यसपछि मान्छेहरुको आउजाउका कारण अझै तेस्रो भएको सृजनाको भनाई छ।

देवीस्थान मन्दिरको गेटमै पृथ्वी नारायण शाहाको शालिक छ। राष्ट्रनिर्माता शाहको तस्वीरभएको ठाउँ, चुच्चेढुङ्गा र बलभद्रको शालिक भएका ठाउँहरु पछिल्ला केहीदिनदेखि तुँवालोले ढाकेको पाइन्छ।

काठमाडाैंबाट घुम्न पुगेका भुषण मगर अरुबेला जस्तो नदेखिएको अनुभव सुनाउँछन्। विदाको समयमा परिवारसहित देवीस्थानसम्म पुग्ने गरेका मगरले पहिला जस्तो हिमालका टाकुरा देख्न नपाएको दुःख व्यक्त गरे।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *