पूर्वराजाको सुरक्षामा खटिएका २४ सुरक्षाकर्मी फिर्ता बोलाइयो
फाइल फाेटाे।
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह र राजपरिवारका सदस्यको सुरक्षामा खटिएका २४ जना सुरक्षाकर्मी फिर्ता बोलाइएको छ । अब राजपरिवारसँग १६ जना मात्र सुरक्षाकर्मी रहनेछन् । यसअघि राजपरिवारको सुरक्षामा ४० जना सुरक्षाकर्मी खटिँदै आएका थिए ।
अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि २०७७ अनुसार यी २४ जना सुरक्षाकर्मी मापदण्डविपरीत रहेका कारण फिर्ता बोलाइएको हो । अब राजपरिवारको सुरक्षामा सशस्त्र प्रहरीका डिएसपीको कमाण्डमा १६ जना सुरक्षाकर्मी रहनेछन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment