सुदूरपश्चिममा दुई लाखभन्दा बढीले लगाए कोरोनाविरुद्ध खोप

डिसी नेपाल
१७ चैत २०७७ १५:५४
48
Shares

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म दुई लाखभन्दा बढी व्यक्तिले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन्। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै गत माघदेखि हालसम्म कूल दुई लाख दुई हजार आठ सय आठ जनालाई खोप दिइएको जनाएको छ।

सो अभियानमा प्रदेशमा रहेका नौ जिल्लामध्ये सबैभन्दा बढी कैलालीमा र सबैभन्दा कम डडेल्धुराका व्यक्तिले खोप लगाएका छन्। कैलालीमा सबैभन्दा बढी ६३ हजार तीन सय ९७ लाई खोप दिइएको मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए।

त्यसैगरी, कञ्चनपुरमा ३० हजार दुई सय २३, अछाममा २० हजार पाँच सय ७४, दार्चुलामा १७ हजार एक सय ७९, बझाङमा १६ हजार नौ सय ७३, बैतडीमा १६ हजार एक सय ९५, डोटीमा १४ हजार छसय ९७, बाजुरामा १२ हजार तीन सय २६ र डडेल्धुरामा ११ हजार दुई सय ४४ जनाले खोप लगाएका हुन्।

अभियानमा पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शव व्यवस्थापन गर्ने कर्मचारी, एम्बुलेन्स चालक, दोस्रो चरणमा कर्मचारी, सञ्चारकर्मी, सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी, जनप्रतिनिधि र तेस्रो चरणमा ज्येष्ठ नागरिकलाई खोप दिइएको हो।

सुदूरपश्चिमसहित देशभरि नै गत माघ १४ गतेदेखि नै उक्त अभियान सुरु गरिएको थियो। प्रदेशमा खोप अभियानको शुभारम्भ सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका थिए भने पहिलो खोप स्वास्थ्य निर्देशक डा.गुणराज अवस्थीले लगाएका थिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.