टिपर दुर्घटनाबाट एकको मृत्यु, दुई घाइते
सांकेतिक तस्विर
ताप्लेजुङ। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचामा भएको टिप्पर दुर्घटनामा परी लमजुङका एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
युनिटेक हाइड्रोपावरका जनसम्पर्क अधिकृत मोहन निरौलाका अनुसार प्रदेश ३–०१–०५ ख ९२७१ नम्बरको टिप्पर दुर्घटना हुँदा लमजुङको दोर्दी गाउँपालिका–६ का अन्दाजी १९ वर्षीय कृष्ण विकको मृत्यु भएको छ भने चालक यामबहादुर विक र मन्दीप लिम्बू घाइते भएका छन्।
घाइतेहरुको झापामा उपचार भइरहेको छ। फावाखोलामा निर्माणाधीन युनिटेक हाइड्रोपावर निर्माणस्थलमा काबेली खोलाबाट बालुवा लिएर जाने क्रममा गएराति दुर्घटना भएको थियो।
मृतक विक हाइड्रोपावर निर्माणको ठेक्का लिएको निर्माण कम्पनी, माछापुच्छे्, इन्जिनियरिङ प्रालिका कामदार रहेको निरौलाले जानकारी दिए। टिप्पर सडकबाट झण्डै ५० मिटर तल झरेको थियो। दुर्घटनाको कारण भने खुलेको छैन। रासस







डिसी नेपाल








Facebook Comment