किशोर किशोरीलाई पैरवीसम्बन्धी तालीम

डिसी नेपाल
१९ चैत २०७७ ९:१४
72
Shares

हुम्ला । हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा युवा तथा किशोर किशोरीलाई पैरवीसम्बन्धी चार दिने तालीम सञ्चालन भएको छ।

वडा १ देखि ८ सम्म रहेको उक्त गाउँपालिकामा प्रत्येक वडाबाट छनोट गरेर मङ्गलबारदेखि पैरवीसम्बन्धी तालीम शुरु गरेको हो। जिल्लामा कार्यरत संस्था शिशुको आर्थिक सहयोग, मिसन इष्टको प्राविधिक सहयोग र किर्डाक नेपाल र महिला कल्याण सेवाको सहजीकरण तथा गाउँपालिकाको समन्वयमा तालीम सञ्चालन भएको छ।

स्थानीय सरकारसँग समन्वय गरेर विभिन्न कार्यक्रम तालीम गोष्ठी गरिरहेका बेला जनचेतनाका लागि सबै वडालाई समेटेर शुक्रबार सम्पन्न हुने गरी तालीम सञ्चालन भएको किर्डाक नेपाल सर्केगाडका परियोजना संयोजक मुनलाल जैसीले जानकारी दिए।

उक्त तालीमलाई सहजीकरण गर्न समाज कल्याण परिषद्का सदस्य मानुमाया थापा र जलवायु परिर्वतनका लागि नेपाली युवाको सञ्जालका राष्ट्रिय संयोजक श्रेया केसीलाई सर्केगाडमा आमन्त्रण गरी तालीम सञ्चालन भएको संयोजक जैसीले जानकारी दिए। भौगोलिक दृष्टिकोणले पनि निकै कष्टकर रहेको उक्त गाउँपालिकामा काठमाडौँबाट प्रशिक्षकलाई बोलाएर तालीम सञ्चालन गरिएको हो। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *