कर्णाली प्रदेश पत्रकार महासङ्घको अध्यक्षमा चारको उम्मेदवारी

डिसी नेपाल
२० चैत २०७७ ६:५४
60
Shares

कर्णाली । देशैभरि यही चैत २५ गते एकै दिन हुने नेपाल पत्रकार महासङ्घको चुनावका लागि कर्णाली प्रदेश समितिमा चार जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। प्रेस युनियन विपुल पोखरेल नेतृत्वको संयुक्त प्यानलमा देवीराम देवकोटा र प्रगतिशील पत्रकारको साझा उम्मेदवार निर्मला शर्मा नेतृत्वको संयुक्त प्यानलबाट विष्णु शर्माले कर्णाली प्रदेश समितिको अध्यक्षमा मनोनयन दर्ता गराएका हुन्। त्यसैगरी दुवै सङ्गठनबाट नमनकुमार शाही र रत्न कार्कीले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन्।

त्यसैगरी खुला उपाध्यक्षमा चक्रबहादुर खत्री, नगेन्द्र उपाध्याय र पवित्र शाही, महिला उपाध्यक्षमा कृष्णमाया उपाध्याय र विमला खड्का, महासचिवमा अनन्त बराल, खगेन्द्रप्रसाद भट्टराई र तप्तबहादुर मल्ल, खुला सचिवमा आकाशतारा वयक र दीपक बुढा, समावेशी सचिवमा अशोक राजी, दिनेशकुमार श्रेष्ठ र सन्तोष घर्ती, कोषाध्यक्षमा अशोककुमार सिंह, गणेशकञ्चन भारती र गोविन्द केसीले उम्मेदवारी दिएको प्रदेश निर्वाचन समितिका संयोजक पिताम्बर ढकालले जानकारी दिए।रासस

त्यस्तै, खुला सदस्यमा १७, महिला सदस्यमा छ, आदिवासी÷जनजाति सदस्यमा तीन, दलित सदस्यमा दुई र अल्पसङ्ख्यकमा एकको उम्मेदवारी परेको संयोजक ढकालले जनाउनुभयो । सात पदाधिकारीको सङ्ख्यामा २० जना र १४ जना सदस्यमा २९ गरी ४९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले बताएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *