अन्नपूर्णमा स्रष्टा सम्मान

डिसी नेपाल
२० चैत २०७७ २३:१३
12
Shares

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकामा साङ्गीतिक क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । वरिष्ठ लोकगायक स्व प्रवीण गुरुङको स्मृतिमा गाउँपालिकाको सहयोग एवं रि नि म्यू तमु ट्हो धिं(समाज)द्वारा आज अन्नपूर्ण–६ लुम्लेमा आयोजित खुल्ला दोहोरी गीत प्रतियोगिता, स्रष्टा सम्मान एवं विविध कार्यक्रमका अवसरमा स्व धनबहादुर गायकलाई मरणोपरान्त सम्मानका साथै गायक जीवन दाहाल र लेकाली ब्याण्डका नवीन गुरुङलाई सम्मान गरिएको हो ।

उनिहरूलाई गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले नगदसहित सम्मानपत्र र दोसल्लाबाट सम्मान गरे । कार्यक्रममा गाउँपालिका अध्यक्ष कुँवरले साङ्गीतिक क्षेत्रमा गरेको योगदानलाई कदर गर्दै स्रष्टासम्मान गरिएको जनाउँदै यस कार्यलाई आगामी वर्षमा पनि निरन्तरता दिइने बताए ।

गाउँपालिकाले स्व प्रवीण गुरुङले गायनका क्षेत्रमा पु¥याएको योगदानलाई जीवन्त राख्न स्व प्रवीण गुरुङ स्मृति पार्क र अर्धकदको सालिक निर्माणका लागि सहयोग गरेको उनले बताए । विश्वमा ठूलो जनसङ्ख्या खान नपाएर मरिरहेको अवस्थालाई दृष्टिगत गर्दै गाउँपालिकाले खाना नफालौं अभियानलाई अघि बढाएको उनले जानकारी दिए ।

कार्यक्रममा रि नी म्यु तमु ट्हो धिं(समाज)का अध्यक्ष टेकबहादुर गुरुङ, सचिव राजु गुरुङ, वरिष्ठ कलाकार प्रजापति पराजुलीलगायतले स्व प्रवीण गुरुङले गायनका क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरे ।

उक्त अवसरमा स्व प्रवीण गुरुङको अर्धकदको सालिक गाउँपालिकाका अध्यक्ष कुँवरले अनावरण गरे । शनिबारसम्म चल्ने कार्यक्रमअन्तर्गत खुल्ला दोहोरी गीत प्रतियोगिता, दोस्रो गाउँस्तरीय भलिबल प्रतियोगितासहित विभिन्न सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *