कैलालीमा हात्तीको आक्रमणबाट मृत्युु

डिसी नेपाल
२१ चैत २०७७ ७:२१

टिकापुर । कैलालीको जानकी गाउँपालिका–६ मा हात्तीको आक्रमणबाट एकको ज्यान गएको छ। शुक्रबार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ।

प्रहरी निरीक्षक अरुण बमले तरकारीका लागि निउरोको साग टिप्न गएका चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी दिए। चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ। पछिल्लो समय वन जङ्गलभित्र र आसपासका क्षेत्रमा जङ्गली जनावरले मानिसलाई आक्रमण गर्ने क्रम बढेको छ।

लायकपुर सामुदायिक वन समितिका अध्यक्ष हरिहर गिरी वन जङ्गल विनास हुँदा वन्यजन्तुको आहाराको अभावले जङ्गली जनावर जङ्गल बाहिर निस्कने, जङ्गलमै पनि आक्रमण गर्नेजस्ता घटना बढेको बताउछन्। “जङ्गली जनावरका लागि आवश्यक आहाराका बारेमा पनि सोच्न आवश्यक भएको छ”, उनले भने, “उनीहरुको वासस्थान सुरक्षामा पनि चुनौती बढेको छ। जसले मानिस नै जोखिममा पर्न थालेका छन्।”रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *