उत्तर प्रदेशमा घोडामा घातक रोग देखिएपछि सुइ लगाएर मारियो, मानिसमा फैलिने खतरा
काठमाडौं। नेपालको सीमा नजिकै उत्तर प्रदेशको गोण्डा जिल्लामा घोडामा प्राणघातक रोग देखिएपनि अर्को चिन्ता थपिएको छ । घोडामा बरखोडिया मेलिलाई नामको प्राणघातक ब्याक्टेरिया भेटिएको भारतीय संचारमाध्यमले जनाएका छन् । हिसार ल्याबमा भएको परीक्षणमा घोडाको ग्लाण्डर्स रिपोर्ट पोजेटिभ आएसँगै घोडालाई सुई लगाएर मारिएको छ ।
घोडालाई मार्न गएका स्वास्थ्य विभागका कर्मचारीहरुले पीपीइ किट लगाएर घोडालाई सुई लगाएर मारेका थिए । यो ब्याक्टेरिया मानिसमा समेत फैलिने जोखिम भएकोले पीपीइ किट लगाएर घोडालाई मारिएको हो । घोडालाई पीडा नहुने गरी सुई लगाएर मारेर खाल्डोमा गाडिएको छ । मुख्य पशु चिकित्सा अधिकारी डा. आरएस राठोरले बताएअनुसार यो प्राणघातक रोग घोडा र खच्चरमा हुन्छ र यो पशुबाट मानिसमा फैलिन सक्छ ।

डा. राठोरका अनुसार यो रोगको कुनै उपचार छैन त्यसैले ग्लाण्डर्स पोजेटिभ घोडालाई शुक्रबार सुई लगाएर पीडारहित मृत्यु दिएर गाडिएको हो । गोण्डाका मुख्य पशु चिकित्सा अधिकारीका अनुसार यो रोग जेनेटिक अर्थात आनुवंशिक हो त्यसैले लगातार यसको निगरानी गरिन्छ । यसको कुनै उपचार छेन र यो रोग मानिसमा फैलियो भने बाँच्ने उपाय छैन त्यसैले घोडालाई मार्नु नै यसको एकमात्र उपाय हो ।







डिसी नेपाल








Facebook Comment