भूत भगाइदिन भन्दै महिलाले अरु दुई महिलालाई १ करोड रुपैयाँभन्दा धेरै पैसा दिएको खुलासा

डिसी नेपाल
२१ चैत २०७७ ११:११
400
Shares

काठमाडौं। एक महिलाले आफूलाई भूतबाट छुटकारा दिलाइदिनको लागि अन्य २ महिलालाई १ करोड रुपैयाँभन्दा धेरै पैसा दिएको खुलासा गरेकी छिन् । उनले अन्य दुई महिलालाई यति धेरै पैसा ठगी गरेको आरोप लगाएकी हुन् । यी महिलाको नाम खुलासा गरिएको छैन । गल्फ न्यूजको रिपोर्टअनुसार कुवेतकी नागरिक यी महिलासँग अन्य २ महिलाले झण्डै ३० हजार कुवेती दिनार ठगी गरेको आरोप लगाइएको छ ।

महिलाले आरोप लगाएअनुसार आफूलाई तान्त्रिक भन्ने महिला र उनकी एक सहयोगी महिलाले उनलाई आफू जिन्नबाट ग्रसित भएको विश्वास गर्ने स्थितिमा पुर्याएका थिए । पुलिसलाई दिएको उजुरीमा ३७ वर्षकी ती महिलाले कथित जिन्न भगाउनका लागि बैंक ट्रान्सफरमार्फत २५ हजार ८० दिनार (९७ लाख रुपैयाँ) र नगद ४ हजार दिनार (१५ लाख ५० हजार रुपैयाँ) दिएको प्रमाण पनि पेश गरेकी छिन् ।

सुरक्षा स्रोतका अनुसार कथित पीडित महिलालाई दुई चतुर महिलाहरुले विभिन्न समयमा तान्त्रिक प्रक्रियाका क्रममा झुक्याएर पैसा दिन राजी गराएका थिए । ‘उनले पैसा दिएको प्रमाणित गर्ने बैंक स्टेटमेन्ट पनि पेश गरेकी छिन्’ स्रोतले भन्यो । कथित ठगीको मुद्दामा अनुसन्धान सुरु भएको छ र दुई शंकास्पद आरोपीहरुलाई सोधपुछको लागि कानुनी नोटिस जारी गरिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.