रक्तदान कार्यक्रमबाट ८३ प्वाइन्ट रगत संकलन
काठमाडौं । जनरल बचत तथा ऋण सहकारी संस्था र लायन्स क्लब काठमाडौं युनाइटेड ब्राइटले आयोजना गरेको रक्तदान कार्यक्रममा ८३ प्वाइन्ट रगत संकलन भएको छ। संस्थाले नयाँ वर्षको पूर्वसन्ध्या तथा सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो।
शुक्रबार भएको रक्तदान कार्यक्रममा १ सय ६ जनाले रक्तदानका लागि उपस्थित भए पनि ८३ जनाले रक्तदान गरेका थिए। जनरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रांगढमा सम्पन्न उक्त रक्तदान कार्यक्रम संस्थाका अध्यक्ष श्री तेज बहादुर सारु, लायन्स क्लब अफ काठमाण्डौ युनाइटेड ब्राइट संस्थापक अध्यक्ष लायन जगन्नाथ पुडासैनी तथा सो कार्यक्रमका संयोजक लायन्स क्लब इन्टरनेशनल ३२५ बि२ नेपालका रिजन चियरपर्सन लायन श्रीधर भण्डारीले एकसाथ रक्तदान गरी कार्यक्रमको शुभारम्भ गरेका थिए।



No ads found for this position


डिसी नेपाल
Facebook Comment