विमानमा एयर होस्टेसको काम गरिरहेकी महिला अमेरिकी प्रथम महिला भएको खुलेपछि…
काठमाडौं। अमेरिकाकी प्रथम महिला जिल बाइडेन एक उडानमा एयर होस्टेसको काम गरिरहेकी देखिइन् । २ दिनअघि भएको यो घटनामा जिल बाइडेन क्यालिफोर्नियाबाट वाशिङटन गइरहेको जहाजमा एयर होस्टेसको काम गरिरहेको देखिएकी थिइन् । उनले विमानमा रहेका सबै यात्रुहरुलाई आइसक्रिम पनि बाँडेकी थिइन् ।
खासमा अप्रिल १ का दिन भएको यो घटनामा जिलले सबै यात्रुलाई अप्रिल फूल बनाएकी थिइन् । डेलीमेलको रिपोर्टअनुसार त्यतिबेला जिल बालो नक्कली कपाल, कालो पाइन्ट र सुट अनि कालो मास्क लगाएकी थिइन् । उनले लगाएको नेमप्लेटमा उनको नाम ज्यास्मिन लेखिएको थियो । रिपोर्टका अनुसार आइसक्रिम बाँडेर जाँदासम्म कसैले पनि उनलाई चिन्न सकेनन् । पछि उनी आफ्नो नक्कली कपाल हटाएर आएपछि मात्रै उनलाई यात्रुले चिन्न सकेका थिए ।
यात्राअघि जिलले क्यालिफोर्नियामा युनाइटेड फर्म वर्कर्सहरुलाई सम्बोधन गरेकी थियन् । उनले एक कोरोना भ्याक्सिन साइटको भ्रमण पनि गरेकी थिइन् । जिलले यस्तो गरेको यो पहिलो पटक भने होइन । यसअघि बाराक ओबामा राष्ट्रपति रहँदा पनि अप्रिल १ का दिन जिल विमानको माथिपट्टि सामान राख्न बनाइएको ठाउँमा लुकेर बसेकी थिइन् । त्यो समयमा उनका पति र हालका राष्ट्रपति जो बाइडेन उपराष्ट्रपति थिए, जिल द्वितीय महिला थिइन् ।







डिसी नेपाल








Facebook Comment