कोरोना महामारीः लाश गाड्न ठाउँ नपुगेपछि १ हजार पुराना चिहान खनेर कंकाल निकालियो

डिसी नेपाल
२१ चैत २०७७ १५:०१
1.5k
Shares

काठमाडौं। कोरोनाभाइरसका कारण मर्नेहरुको संख्या अत्याधिक भएर लाश गाड्ने ठाउँ नभएपछि ब्राजिलमा एक चिहानघाटमा रहेका १ हजार पुराना चिहान खनेर त्यहाँ भएका कंकाल निकाल्न सुरु गरिएको छ । अब यी पुराना चिहान भएकै ठाउँमा नयाँ लाशहरु गाडिनेछन् । ब्राजिलमा कोरोनाभाइरसबाट मृत्यु हुनेको दैनिक संख्या विश्वमै सबैभन्दा बढी पुगेको छ र कूल मृत्यु हुनेहरुको संख्या २ लाख २५ हजारभन्दा धेरै भइसकेको छ ।

सार्वजनिक भएका तस्वीरहरुमा चिहान खन्ने कामदारहरुले साओ पाउलोको भिला न्यू क्याचोएरिन्हा चिहानघाटमा चिहान खनिरहेको देख्न सकिन्छ । उनीहरुले वर्षौं पहिले गाडिएका चिहानहरु खनेर त्यहाँ भएका अस्थिपंजरहरु निकालिरहेका छन् । साओ पाउलोमा रहेको यो चिहानघाट ब्राजिलकै सबैभन्दा ठूलो चिहानघाट हो । साओ पाउलोमा मार्च महिनामा मात्रै ६६ हजार जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।

बुधबार ब्राजिलको स्वास्थ्य मन्त्रालयले २४ घण्टामा ३ हजार ८६९ जनाको मृत्यु भएको बताएको छ । यस्तै मंगलबार कोरोनाभाइरसका कारण मृत्यु हुनेहरुको संख्या ३ हजार ७८० थियो । ब्राजिलमा संक्रमण अमेरिकापछि दोस्रो स्थानमा छ । पछिल्लो हप्ता यहाँ औसतमा दैनिक ३ हजार जनाको मृत्यु भइरहेको छ भने ७५ हजार ५ सयको औसतमा नयाँ संक्रमित थपिइरहेका छन् । यहाँ संक्रमण र मृत्युदर गएको फेब्रुअरीदेखि लगातार बढिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.