संक्रमण अनियन्त्रित हुँदा बंगलादेशमा देशव्यापी ‘पूर्ण लकडाउन’

डिसी नेपाल
२१ चैत २०७७ १७:३०
1.6k
Shares

काठमाडौं। नेपालका छिमेकी देशमा कोरोनाभाइरसको संक्रमण नियन्त्रणबाहिर हुँदै गएको छ । यससँगै नेपाल उच्च जोखिममा पर्दै गएको छ । नेपालसँग खुला सिमाना जोडिएको देश भारतका विभिन्न सहरहरुमा लकडाउन भइरहेका बेला अर्को छिमेकी देश बंगलादेशमा समेत १ हप्ताको लागि पूर्ण लकडाउन घोषणा गरिएको छ । ढाका ट्रिब्युनका अनुसार यो पूर्ण लकडाउन सोमबारदेखि लागू हुँदैछ ।

सडक, यातायात र पुल मन्त्री ओबैदुल कादेरले शनिबार सरकारले सोमबारदेखि देशव्यापी रुपमा पूर्ण लकडाउन लागू गर्न लागेको बताए । सामान्य प्रशासन राज्यमन्त्री फरहाद हुसेनले पनि ढाका ट्रिब्युनसँग कुरा गर्दै यसको पुष्टि गरेका छन् । उनले सबै कार्यालय र अदालत लकढाउनको क्रममा बन्द रहने तर उद्योग र कारखानाहरु भने सुरक्षाको निश्चित मापदण्ड पूरा गरेर संचालन हुने बताए ।

बंगलादेशमा शुक्रबार मात्रै ६ हजार ४६९ नयाँ संक्रमित थपिएका थिए । बिहीबार ५ हजार ३५८, बुधबार ५ हजार ४२ र मंगलबार ५ हजार १८१ नयाँ संक्रमित भेटिएका थिए । अहिलेसम्म बंगलादेशमा ६ लाख २४ हजार ५९४ जना संक्रमित भइसकेका छन् । ९ हजार १५५ जनाको मृत्यु भइसकेको छ । बुधबारसम्म निको हुनेहरुको संख्या ५ लाख ४७ हजार ४११ पुग्दा संक्रमितमध्ये मृत्यु हुने दर १.४७ प्रतिशत छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.