वसन्तपुर नजिकै रहेको पुरानो घरमा आगलागी
सांकेतिक तस्वीर।
काठमाडौं। काठमाडौंको वसन्तपुर नजिकै रहेको पुरानो घरमा आगलागी भएको छ। अहिले विहान भएको आगलागीबाट घर क्षतिग्रस्त भएको काठमाडौ परिसर प्रहरीले जनाएको छ।
अहिले वारुण यन्त्र र स्थानियबासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिने काम भइरहेको छ। आगो कसरी लाग्यो र के क्षति कति भएको छ भन्ने बारेमा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। आगलागी आधाभन्दा बढी नियन्त्रणमा आइसकेको पनि प्रहरीले दावी गरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment