चीन सरकारले दिएकाे कोभिड-१९ विरुद्धको खोप बुधबारदेखि लगाइने

डिसी नेपाल
२३ चैत २०७७ १०:१०
96
Shares

काठमाडौं। सरकारले चीनबाट प्राप्त कोभिड-१९ विरुद्धको खोप भेरोसेल बुधबारदेखि लगाउने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारदेखि खोप काठमाडौं उपत्यकाका अस्पतालबाट लगाउन सुरु गरिने बताएका हुन्।

उनका अनुसार काठमाडौं उपत्यकामा २० वटा खोप केन्द्रबाट खोप लगाइनेछ। खोपको प्राथमिकतामा व्यापारी, विद्यार्थी तथा अन्य कामको सिलसिलामा चीन भ्रमणको तयारीमा रहेका र यसअघि पहिलो चरणको प्राथमिकतामा परेका तर खोप नलगाएकाहरूलाई यो खोप लगाइने बताएको छ।

छिमेकी मित्रराष्ट्र चीन सरकारले नेपाललाई अनुदान सहयोगस्वरूप कोरोना भाइरस (कोभिड–१९) विरुद्धको आठ लाख डोज खोप उपलब्ध गराएको हो। चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको ‘भेरोसेल’ खोप उपलब्ध भएको हो।

यसअघि सिरम इन्स्टिच्युट अफ इण्डियाद्वारा उत्पादित ‘कोभिसिल्ड’को १० लाख डोज खोप नेपालले भारत सरकारको अनुदान सहयोगमा प्राप्त गरिसकेको छ।

पहिलो चरणमा चार लाख ३८ हजार ८७९ जनालाई खोप लगाइएको थियो भने त्यसपछि पटक–पटक गरेर हालसम्म करिब १६ लाख जनालाई खोप लगाइसकिएको मन्त्रालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *