माओवादी त्यागेका दुई प्रदेश सभा सांसदको पद खारेज

डिसी नेपाल
२४ चैत २०७७ १७:५८
452
Shares

काठमाडौं। एमालेमा प्रवेश गरेका माओवादीका दुईजना प्रदेशसभा सदस्यहरुको पद खारेज भएको छ। माओवादी केन्द्रबाट निर्वाचित लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थी मंगलबार पदमुक्त भएका हन्। उनीहरु दुबैजनाले माओवादी त्यागेका थिए। दल त्याग कानुनअनुसार माओवादीले उनीहरुमाथि कारबाही गरेपछि उनीहरु पदमुक्त भएका हुन्।

मंगलबार प्रदेशसभाको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले उनीहरु दुबैजनाको पद रिक्त भएको जानकारी गराएका थिए। न्यौपाने रुपन्देही क्षेत्र नम्बर १ (ख) र दिनेश पन्थी गुल्मी क्षेत्र नम्बर २ (ख) बाट माओवादी केन्द्रको उम्मेदवार भइ निर्वाचित भएका थिए।

लुम्बिनी प्रदेशको कुल ८७ सांसदमध्ये सभामुखसहित माओवादी केन्द्रका २० सांसद थिए। दुई जना पदमुक्त भएपछि अब माओवादी केन्द्रसँग १८ सांसद कायम रहका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *