आगलागीमा परि एकै परिवारका दुई बालबालिकाको मृत्यु

डिसी नेपाल
२५ चैत २०७७ १३:११
36
Shares

प्युठान । प्युठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई जना बालबालिकाको मृत्यु भएको छ।

मंगलबार बिहान करिब ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनका सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए।

घरमा कोही पनि अभिभावक नभएको बेला आगलागी भएको उनको भनाइ छ।

अहिले प्रहरी घटनास्थल जादै गरेको जिल्ला प्रहरी कार्यलय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *