नेपालमा कोरोनाको बेलायती भेरियन्ट फैलियो, स्वास्थ्य मापदण्डमा कडाइ गर्न सरकारको निर्देशन

डिसी नेपाल
२५ चैत २०७७ १८:३०
652
Shares

काठमाडौं। कोरोना भाइरसको बेलायती म्युटेन्ट भाइरस नेपालमा पनि फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै बेलायती भेरियन्टको भाइरस फैलिएको बताएको छ। मन्त्रालयले सो भाइरस फैलिएको भन्दै स्वास्थ्य मापदण्डमा कडाइ गर्न १० बुँदे निर्देश्न दिएको छ।

विद्यालय उमेर समूहका व्यक्तीहरुमा बेलायती भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले विद्यालय, यातायात, सिनेमा घर, पार्क, खेलकुदलगायतका भीडभाड हुने क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गरेको छ।

यस्तै रात्रिकालिन व्यवसाय बन्द गर्न भनेको छ। होटल तथा रेष्टुरेन्टहरु ९ बजेपछि बन्द गर्न निर्देशन दिइएको छ। यस्तै एन्टिजेन परीक्षणका लागि स्थानीय तहहरुलाई आग्रह गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.