शिवपुरी राष्ट्रिय निकुञ्जकाे जंगलमा आगलागी, हेलिकप्टरबाट पानी खसालिँदै
काठमाडाैं। काठमाडौंकाे बुढानिलकण्ठस्थित शिवपुरी राष्ट्रिय निकुञ्जकाे जंगलमा आगलागी भएको छ। आइतबार बिहान करिब १० बजेदेखि शुरु भएको आगलागी फैलिँदै गएको प्रहरीले जनाएको छ।
बिहान १० बजदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन। निभाउनका लागि दमकल परिचालन गरिएको छ। हेलिकप्टरबाट पानी खसाल्न थालिएको छ
प्रहरीका अनुसार अहिलेसम्म आगो के कारणले लगोको पत्ता लागेको छैन। आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन्। आगलागी नियन्त्रणका लागि हेलिकप्टरबाट पानी खसाल्ने तयारी भइरहेकाे छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment