कोरोना नियन्त्रणका लागि नयाँ मापदण्ड जारी गर्ने सरकारको निर्णय, कुनै पनि क्षेत्र बन्द नगरिने
फाइल तस्वीर
काठमाडौं। सरकारले कोरोना महामारी नियन्त्रणका लागि नयाँ स्वास्थ्य मापदण्ड लागू गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थान केन्द्र (सीसीएमसी)ले तयार पारेको मापदण्डलाई स्वीकृत गरेको छ।
एक मन्त्रीका अनुसार मापदण्ड मंगलबार सार्वजनिक गरिने छ। सीसीएमसीले कोरोना फैलिएको क्षेत्रमा तीन् हप्ता विद्यालय बन्द गर्न सुझाव दिए पनि मन्त्रिपरिषदमा यो विषयमा निर्णय नभएको एकमन्त्रीले बताए।
विद्यार्थीहरुमा कोरोनाको बेलायती भेरिएन्ट फैलिएपछि सीसीएमसीले विद्यालय बन्द गर्नुपर्ने सुझाव दिएको थियो। तर सरोकारवालाहरुसँगको सोमबार नै भएको छलफलमा निजी विद्यालय सञ्चालकहरुले विद्यालय बन्द गर्न नहुने बताएका थिए।
उनीहरुले कोरोनाका कारण विद्यालय बन्द हुँदा ठूलो क्षति व्यहोर्नु परेको भन्दै यो पटक बन्द नगर्न भनेका थिए। उनीहरुले विद्यालयबारे निर्णय लिन स्थायी तहलाई अधिकार दिनुपर्ने सुझाव दिएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment