कोरोनाका कारण भारतीय धनाढ्यहरु देश छाडेर पलायन हुँदै
काठमाडौं। कोरोनाभाइरस महामारीले भारतीय धनाढ्यहरु देश छाडेर भाग्ने क्रम बढेको छ । २०२० मा आफ्नो देश छाडेर अर्को देशमा गएर स्थापित हुने भारतीयको संख्या विश्वमै सबैभन्दा बढी भएको छ । भारतीय धनाढ्यहरु लगानीको बदलामा नागरिकता र बसोवास अनुमति दिने देशहरुमा जान थालेका छन् । यसअघि भारतको कर प्रणालीका कारण पनि धनाढ्यहरु भारत छाडेर जाने गरेकोमा कोरोनाले त्यो संख्या ह्वात्तै बढाएको छ ।
वाल स्ट्रिट इन्भेस्टमेन्ट बैंक मोर्गन स्टान्लेले २०१८ मा जारी गरेको तथ्यांकअनुसा २०१४ देखि त्यो समयसम्म २३ हजार भारतीय धनाढ्यहरु देश छाडेर विदेश पलायन भइसकेका थिए । अहिले ग्लोबल वेल्थ माइग्रेसन रिभ्यूले जारी गरेको तथ्यांकअनुसार २०२० मा मात्रै ५ हजार भारतीय धनाढ्यहरु देश छाडेर बाहिर गइसकेका छन् ।
यो संख्या भारतको उच्च सम्पत्ति भएको जनसंख्याको २ प्रतिशत हुन आउँछ । लयण्डनमा मुख्यालय रहेको विश्वव्यापी नागरिकता र आप्रवासन एडभाइजरी हेन्ले एण्ड पार्टनर्सका अनुसार लगानीको बदलामा अर्को देशमा नागरिकता र बसोवास अनुमति खोज्नेहरुमा भारतीयहरु सबैभन्दा धेरै छन् ।
एच एण्ड पीका अनुसार यसरी विदेशमा जान चाहने भारतीयको संख्या बढ्नुको प्रमुख कारण कोरोनाभाइरस महामारी हो । विदेश जान चाहने भारतीय धनाढ्यको चाप बढेसँगै एच एण्ड पीले लकडाउनको क्रममा भारतमै कार्यालय स्थापना गरेको छ । ‘मलाई लाग्छ उनीहरु कोरोनाको दोस्रो वा तेस्रो लहर आउँदासम्म पर्खन सकिँदैन भन्ने महसुस गर्न थालेका छन्’ एच एण्ड पीका डोमिनिक भोलेकले बीबीसीसँग भने ।







डिसी नेपाल








Facebook Comment