कलेजको शुल्क तिर्न नसक्दा वेश्यावृत्तिको दलदलमा धकेलिँदैछन् छात्राहरु

डिसी नेपाल
१ वैशाख २०७८ १२:२६

काठमाडौं। कोरोना भाइरसको महामारीले गर्दा संसारभरी नै ज्यान र सम्पत्तिको क्षति भएको छ। यो महामारीले गर्दा मानिसहरूको आर्थिक अवस्था झनै खराब भएको छ र मानिसहरूले नचाहेरै थुप्रै गम्भीर तथा खतरनाक कदमहरू चाल्न बाध्य भएका छन्। अहिले बेलायतका कलेज छात्राहरुलाई पनि यस्तै भइरहेको छ।

इंग्लिस कलेक्टिभ अफ प्रोस्टिच्युट नामक यौनकर्मीहरुको संगठनमा अहिले लगातार विश्वविद्यालय र कलेजमा हुने यौनधन्दाका विषयमा लगातार फोनहरु आइरहेका छन् । सन् २०२१ मा यस्ता फोन कलहरूको संख्या तीन गुणाले वृद्धि भएको छ। अभियान समूहका अनुसार यीमध्ये अधिकांश विद्यार्थीको आर्थिक अवस्था कमजोर छ । मिरर वेबसाइटसँग कुरा गर्दै, समूहकी प्रवक्ता लरा वाट्सनले भनिन्, ‘कलेज, विश्वविद्यालय ट्युसन शुल्कमा वृद्धि र कोरोना महामारीको कारण धेरै विद्यार्थीहरू वेश्यावृत्तिमार्फत आफ्नो खर्च चलाउन बाध्य भएका छन्।’

महामारीका कारण यी विद्यार्थीहरूका लागि परम्परागत जागिर पनि निकै कम भएको छ। वाट्सनले बताएअनुसार विद्यार्थीहरू अक्सर मल, पसल वा पबहरूमा काम गरिरहेका थिए तर यी पार्टटाइम कामहरू यस महामारीबाट नराम्ररी प्रभावित भएका छन्। विकल्पको अभावले गर्दा थुप्रै विद्यार्थीहरू यौन कार्यमा संलग्न हुन बाध्य भएका छन्। यो संस्था सन् १९७५ मा सुरु भएको थियो। यस संस्थाको मुख्य उद्देश्य यौनकर्मीहरूलाई आफ्नो अधिकारको बारेमा अवगत गराउनु र यौनकर्मीहरूको सुरक्षा सुनिश्चित गर्नु हो।

वाट्सनले बताएअनुसार ब्रिटेनमा लकडाउन हुँदा धेरै महिलाहरू ओन्लीफ्यान्स जस्ता वेबसाइटहरूमा सक्रिय छन् र उनीहरूले हट फोटोमार्फत पैसा कमाइरहेका छन्। यी मध्ये धेरै महिला यस्ता छन् जो यी साइटमा निकै सफल भएका छन् । उनीहरुले राम्रो पैसा कमाइरहेका छन् । तथापि, धेरै महिलाहरूले यी वेबसाइटहरूमा अत्यन्तै खराब अनुभव भोग्नु परेको छ। वाट्सनले बताएअनुसार धेरै विद्यार्थी तथा महिलाहरूले संघमा आफ्नो निजी फोटो र यस्तै सामग्री अन्यत्र पुनः पोस्ट गरिएको गुनासो लिएन आउने गरेका छन् ।

यस्ता धेरै महिलाहरू पनि छन् जसका ग्राहकहरूले उनीहरूबाट व्यक्तिगत विवरण लिएपछि यसलाई सोशल मीडिया वेबसाइटमा पोस्ट गर्छन्। यस्तो अवस्थामा यी विद्यार्थी र महिलाहरुलाई यी वेबसाइटहरु निकै चुनौतिपूर्ण भइरहेका छन् । गत वर्ष ३ हजार २ सय विद्यार्थीको सर्वेक्षण गरिएकोमा चार प्रतिशतले आफ्नो पढाइका लागि आर्थिक स्रोत जुटाउन यौनकर्मको सहारा लिएको बताए ।

यसबाहेक, १० मध्ये एक जना विद्यार्थीले पैसाको संकट परेको अवस्थामा वेश्यावृत्तिको सहारा लिन सक्ने बताएका थिए । उल्लेखनीय कुरा के छ भने, गत दशकमा ब्रिटेनमा कलेजको शुल्कमा अत्यधिक वृद्धि भएको छ र कोरोनाले स्थितिलाई खराब बनाएको छ । यी मध्ये अधिकांश विद्यार्थी र महिलाले परिवारलाई आफ्नो पेशाको बारेमा बताउदैनन् । वर्कर्स अफ इङल्याण्ड युनियनले अहिले त्यहाँ विद्यार्थीको खर्च कम गर्न अभियान चलाइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *