पूर्वराजा ज्ञानेन्द्र कोरोनाको उच्च जोखिममा

डिसी नेपाल
१ वैशाख २०७८ १७:०२

काठमाडौं। कुम्भ मेलामा सहभागी हुने क्रममा भारत गएका पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणको उच्च जोखिममा परेका छन् । पूर्वराजाले कुम्भ मेलाको क्रममा भेट गरेका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित उनको कार्यालयका अन्य शीर्ष अधिकारीहरु समेत कोरोना संक्रमित भएको पाइएका छन् । यससँगै पूर्वराजा संक्रमितसँग नजिकको सम्पर्कमा रहेका कारण उच्च जोखिममा परेका व्यक्ति बनेका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनले बुधबार सामाजिक संजालमा यसको जानकारी दिएका हुन् । योगीले लेखेका छन् ‘सुरुवाती लक्षण देखिएपछि मैले जाँच गराएको थिएँ र मेरो रिपोर्ट पोजेटिभ आएको छ । म सेल्फ आइसोलेसनमा छु र चिकित्सकहरुको परामर्श पालना गरिरहेको छु । सबै काम भर्चुअल रुपमा गरिरहेको छु ।’

योगीले उत्तर प्रदेश सरकारका अन्य गतिविधिहरु सामान्य रुपमा संचालन भइरहेको भन्दै आफ्नो सम्पर्कमा आएकाहरुलाई जाँच गर्न र सावधानी अपनाउन भनेका छन् । उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष अखिलेश यादव पनि संक्रमित भएका छन् । उनले पनि सामाजिक संजालमार्फत आफू संक्रमित भएको जानकारी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *