गुल्मीका सरकारी कर्मचारी चढेको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो
काठमाडौं । गुल्मीबाट प्युठान गएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । जीपमा गुल्मीको जिल्ला प्रशासन कार्यालयका कर्मचारी चढेका थिए । उनीहरु नयाँ बर्ष मनाउन धार्मिक तीर्थस्थल स्वर्गद्वारी गएका थिए । बुधबार बिहान उनीहरु सवार लु १ ज १६५५ नम्बरको जीप प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटना भएको थियो । जीपमा कर्मचारी र उनीहरुका परिवार गरी १६ जना भएको बताइएको छ ।
प्युठान प्रहरीका अनुसार जीप चालक चालक मुसिकोट नगरपालिका–३ का केशव कार्की, जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर रेसुंगा नगरपालिका–७ का सूर्य पन्थी, खरिदार धुर्काेट गाउँपालिका–७ का ईश्वरी भण्डारी, प्रशासकीय अधिकृत स्याङजाको कालीगण्डकी गाउँपालिकाका श्याम न्यौपाने र धुर्काेट गाउँपालिकाकै यमलाल पन्थीको मृत्यु भएको हो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment