प्रधानमन्त्रीले भने : तामाकोशी निर्माणमा ढिलासुस्ति हो वा अरु केही ?

डिसी नेपाल
२ वैशाख २०७८ १७:३०
80
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माणमा भइरहेको ढिलाइ सह्य नहुने बताएका छन्। नापी कार्यालयबाट अनलाइन प्रणाली ’मेरो कित्ता’ मार्फत सेवा प्रवाहको उद्घाटन गर्दै बिहीबार प्रधानमन्त्री ओलीले माथिल्लो तामाकोशीको काममा अस्वाभाविक रूपमा ढिलाइ भइरहेको बताए। आयोजना निर्माणमा ढिलासुस्ती सह्य नहुने उनको भनाइ छ।

काममा ढिलासुस्ती भएमा ढिलासुस्ती गर्नेले नै त्यसको क्षतिपूर्ति  व्यहोर्नुपर्ने बताउँदै ओलीले यसमा अनावश्यक ढिलासुस्ती भएकोले अब सह्य नहुने बताए।

उनले भने, ‘अत्यन्तै अस्वाभाविक ढङ्गले माथिल्लो तामाकोशीको काममा ढिलाइ गरिएको छ। माथिल्लो तामाकोशीको काममा भइरहेको ढिलासुस्ती अस्वाभाविक, असाधारण छ। लगभग एक वर्षदेखि म एउटै कुरा सुनिराख्या छु, एउटा सानो मेसिन त्यहाँ जडान गर्नुछ। त्यति राख्न दिनमा प्रत्यक्ष पाँच करोड त्यसमा नोक्सान भइराख्या छ। परोक्ष भन्ने हो भने १३ करोड दैनिक नोक्सान भइराख्या छ। केही मान्छेहरूको यो ढिलासुस्ती हो या अरू केही हो, त्यो हेर्नुपर्ने भएको छ। यस्तो विलम्ब ढिलासुस्ती अब सैह्य, अब मान्य हुन सक्दैन।’

माथिल्लो तामाकोशीको काममा दैनिक १३ करोड रुपैयाँ खर्च भइरहेकाले काम किन ढिलो भइरहेको छ भन्नेमा आफूले विशेष रुचि बढाउनुपर्ने महशुस गरेको उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *