चुडाल र सुबेदी सर्वोच्चको न्यायाधीशमा अनुमोदित
काठमाडौं। सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएका कुमार चुडाल र नहकुल सुवेदी संसदीय सुनुवाइबाट अनुमोदित भएका छन्। संसदीय समितिले उनीहरु दुबैजनाको नाम अनुमोदन गरेसँगै अब उनीहरु सर्वोच्चको न्यायाधीशमा नियुक्त हुने भएका छन्।
फागुन २८ बसेको न्याय परिषदको बैठकले उच्च अदालतका मुख्य न्यायाधीशद्वय चुडाल र सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो।
न्यायाधीशमा सिफारिस उनीहरुसँग शुक्रबार संसदीय सुनुवाइ समितिमा सांसदहरुले छलफल गरेका थिए। सांसदहरुले सोधेको प्रश्नको जवाफ दिएपछि समितिले उनीहरुको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो। दुबैजनाको नाम संसदीय समितिले सर्वसम्मत अनुमोदन गरेको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment