माधव नेपाल समूह र काँग्रेसले साथ दिएपछि जोगियो महेन्द्र शाहीको सरकार

डिसी नेपाल
३ वैशाख २०७८ १७:१७

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीको सरकार जोगिएको छ। मुख्यमन्त्री शाहीले शुक्रबार प्रदेश सभामा विश्वासको मत प्राप्त गरेका छन्। शाहीले ४० सदस्यीय प्रदेशसभामा २२ मत पाएका छन्। उनलाई काँग्रेस र एमालेको माधव नेपाल समूहले साथ दिएको छ।

माधव समूहका ४ जना तथा काँग्रेस र राप्रपाका सांसदहरुले शाहीले राखेको विश्वासको मतको पक्षमा मतदान गरेका छन्। माधवकुमार नेपाल समूहका प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीले फ्लोरत्रस गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *