माधव नेपाल समूह र काँग्रेसले साथ दिएपछि जोगियो महेन्द्र शाहीको सरकार
काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीको सरकार जोगिएको छ। मुख्यमन्त्री शाहीले शुक्रबार प्रदेश सभामा विश्वासको मत प्राप्त गरेका छन्। शाहीले ४० सदस्यीय प्रदेशसभामा २२ मत पाएका छन्। उनलाई काँग्रेस र एमालेको माधव नेपाल समूहले साथ दिएको छ।
माधव समूहका ४ जना तथा काँग्रेस र राप्रपाका सांसदहरुले शाहीले राखेको विश्वासको मतको पक्षमा मतदान गरेका छन्। माधवकुमार नेपाल समूहका प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीले फ्लोरत्रस गरेका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment