२४ घण्टामा ७६८ जना कोरोना संक्रमित थपिए, सबैभन्दा बढी २० देखि ३९ वर्ष उमेर समूहका

डिसी नेपाल
४ वैशाख २०७८ १६:४६
620
Shares

काठमाडौं । शनिबार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार ५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौंबाट सबैभन्दा बढी ३ सय १२ जना कोरोनाका संक्रमित थपिएका छन। यस्तै, प्रदेश १ मा ३२ जना, प्रदेश २ मा ९१ जना, बागमतीमा काठमाडौंसहित ४ सय ३६ जना, गण्डकीमा २८ जना, लुम्बिनीमा १ सय ९ जना र कर्णाली र सुदूरपश्चिममा गरी ७० जना कोरोनाका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

उमेर समूहको आधारमा सबैभन्दा बढी २० देखि ४० वर्षका व्यक्तिहरु संक्रमित भएका छन्। जन्मेदेखि १९ वर्षसम्मका ९१ जना संक्रमित भेटिएका छन्। पछिल्लो तथ्याङ्कले युवा अवस्थाका व्यक्तिहरुमा कोरोनाको प्रभाव बढ्दो छ। २० देखि ३९ वर्ष उमेर समूहका ३ सय ६० जना संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ सय २६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। हालसम्म नेपालमा ५ हजार ५ सय ४५ सक्रिय संक्रमितको संख्या रहेको मन्त्रालयले जनाएको छ।

कोरोनाको कारण नेपालमा ३ हजार ७५ जनाको मृत्यु भएको छ भने, विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख नाघेको छ। अहिलेसम्म नेपालमा ७४ जना क्वारेन्टाइनमा रहेका छन्। सक्रिय संक्रमित सबैलाई आइसोलेसमा राखिएको मन्त्रालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *