बङ्गलादेशमा लगातार दोस्रो दिन पनि १०० भन्दा बढी कोभिड–१९ सङ्क्रमितको मृत्यु

डिसी नेपाल
४ वैशाख २०७८ १९:२४

ढाका । बङ्गलादेशले शनिबार कोभिड–१९ बाट १०१ जनाको मृत्यु भएको जानकारी गराएको छ । बङ्गलादेशमा लगातार दोस्रो दिन कोभिड–१९ सङ्क्रमित १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र यसलाई सरकारी अधिकारीले महामारीको दोस्रो लहरका कारण आएको सङ्कटपूर्ण अवस्था भनेका छन् ।

बङ्गलादेशको स्वास्थ्य सेवा महा निर्देशनालयका अनुसार शनिबार तीन हजार ४७३ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यससँगै अहिलेसम्म बङ्गलादेशमा कूल सङ्क्रमितको सङ्ख्या बढेर सात लाख १५ हजार २५२ पुगेको छ ।

आधिकारिक तथ्याङ्कले देखाएअनुसार बङ्गलादेशभरि गत २४ घण्टामा १६ हजार १८५ नमूनाहरू परीक्षण गरिएको थियो । निर्देशनालयका अनुसार बङ्गलादेशमा अहिलेसम्म कोभिड–१९सङ्क्रमण भई निको हुनेको सङ्ख्या छ लाख आठ हजार ८१५ पुगेको छ । यहाँ शनिबार निको हुनेको सङ्ख्या पाँच हजार ९०७ रहेको बताइएको छ ।

आधिकारिक तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर अहिलसम्म ८५।१२ प्रतिशत कायम रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *