इजरायल कोरोनाभाइरसविरुद्ध जीत नजिक, अब घरबाहिर मास्क लगाउनु नपर्ने

डिसी नेपाल
६ वैशाख २०७८ १३:४६
1.5k
Shares

काठमाडौं। कोरोनाभाइरसविरुद्धको लडाइँमा हालै प्राप्त सफलताबाट प्रेरित इजरायलले घरबाहिर मास्क अनिवार्य लगाउनुपर्ने नियम हटाएको छ । यहाँ सेप्टेम्बरपछि पहिलो पटक सबै स्कुलहरु खुलेका छन् । यो देशले सामान्य अवस्थामा फर्किनको लागि निकै द्रुत कदमहरु चालिरहेको छ । यहाँ विश्वमै सबैभन्दा तीब्र गतिमा खोप दिने कार्यक्रम भइरहेको छ र यहाँ संक्रमणको दर ह्वात्तै घटेको छ ।

न्यूयोर्क टाइम्सका अनुसार इजरायलको जनसंख्याको ५६ प्रतिशतलाई पूरै डोज खोप लगाइसकिएको छ । सरकारले मास्क लगाउनु अनिवार्य नहुने भने पनि केही मानिसहरु भने मास्क हटाउन हिच्किचाइरहेका छन् । केही भने बिना मास्क निस्किन पाउँदा खुसी भएका छन् । इजरायलका स्वास्थ्य मन्त्रीयुली एडेल्स्टिनले जनतालाई ढोकाभित्रका सार्वजनिक स्थलमा मास्क लगाउनु भने जरुरी रहेकोले साथमा मास्क बोक्न आग्रह गरेका छन् ।

जनवरीमा दैनिक नयाँ संक्रमितको संख्या १० हजार रहेको इजरायलमा पछिल्लो समय भने यो संख्या घटेर दैनिक करिब १ सयमा झरेको छ । विजम्यान इन्स्टिच्युट अफ साइन्सका प्रोफेसर एरान सेगलले गत हप्ता १६ वर्ष वा त्योभन्दा माथि उमेर समूहका व्यक्तिहरु मध्ये सबैजसो भ्याक्सिन लगाएको वा निको भइसकेको भएकोले जीवन कोभिड अगाडिको समय नजिकै रहेको बताएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *