भिक्षुले भगवान बुद्धको लागि आफ्नै बलिदान दिए, आफ्नो टाउको काटेर अर्पण गरे
काठमाडौं। थाइल्याण्डमा एक बौद्ध भिक्षुले भगवान बुद्धको शरणमा आफूलाई अर्पण गरेका छन् । उनले आफ्नो टाउको काटेर भगवान बुद्धलाई अर्पण गरिदिए । उनले आफ्नो अर्को जन्म अझै रामे होस् र आफ्नो नयाँ जीवनमा आध्यात्मको नयाँ स्तर छुन सकियोस् र निर्वाण प्राप्त होस् भनेर यस्तो गरेका हुन् । ६८ वर्षका थम्मकोर्ण वांगप्रिचाले विगत ५ वर्षदेखि यो प्रक्रियाको तयारी गरिरहेको बताइएको छ ।
वांबप्रिचा आफ्नो भगवानको लागि आफूलाई त्याग गर्दा राम्रो मेरिट प्राप्त हुने र आफ्नो अर्को जीवन राम्रो हुने विश्वास गर्थे । बौद्ध धर्ममा मेरिटको प्रचलन निकै प्रसिद्ध छ । एक यस्तो उलर्जालाई मेरिट भनिन्छ जो राम्रो कर्म गरेर प्राप्त हुन्छ । मेरिटले मानिसको परिस्थिति पनि सकारातमक हुँदै जाने र यसबाट आउने जन्म पनि राम्रो हुने विश्वास गरिन्छ । मेरिटलाई मोक्षको बाटोसँग समेत जोडेर हेर्ने गरिन्छ ।
डेलीमेलको रिपोर्टअनुसार वांगप्रिचा उत्तर पूर्वी थाइल्याण्डको एक मन्दिरमा ११ वर्षदेखि सेवा गरिरहेका थिए । यो मन्दिर नांग लम्फु प्रान्तमा छ । वांगप्रिचाको पार्थिव शरीरलाई सबैभन्दा पहिले उनका एक आफन्तले देखेका थिए । ती आफन्तका अनुसार वांगप्रिचा आफ्नो शरीर र आत्मा भगवानलाई दिन चाहन्थे ताकि भगवानले उनलाई अर्को जन्ममा एक आध्यात्मिक व्यक्तिको रुपमा पुनः पृथ्वीमा पठाउन सकुन् । वांगप्रिचाले अन्य पुजारीहरुलाई पनि आफूले छिटै मन्दिरको सेवा समाप्त गर्न लागेको बताएका थिए तर उनले आफूले यति खतरनाक कदम उठाउन लागेकोबारे बताएका थिएनन् ।







डिसी नेपाल








Facebook Comment