राहुल गान्धी कोरोना संक्रमित

डिसी नेपाल
७ वैशाख २०७८ १७:०६
60
Shares

काठमाडौं। भारतीय कांग्रेस नेता राहुल गान्धी कोरोना संक्रमित भएका छन्। उनले यो जानकारी सोशल मिडियामा शेयर गरेका हुन् । हल्का लक्षण देखिएपछि जाँच गराएकोमा आज कोरोना रिपोर्ट पोजेटिभ आएको उनले बताए । यस अवधिमा आफ्नो सम्पर्कमा आएका जो कोहीले पनि कोरोना प्रोटोकललाई पछ्याएर सुरक्षित हुन उनले आग्रह गरेका छन् ।

राहुल विगत केही दिनदेखि केरला, पुडुचेरी, पश्चिम बंगाल, आसाम र तमिलनाडुको निर्वाचनमा र्यालीमा सहभागी भएका थिए । कोरोनाको बिग्रिँदो अवस्थालाई ध्यानमा राखेर राहुलले दुई दिनअघि बंगालमा आफ्ना सबै चुनावी भेला रद्द गरेका थिए। तर, चौथो चरणको निर्वाचनका क्रममा ५४ दिने चुनावी अभियानमा राहुल एक पटक मात्रै भेला गर्न बंगाल गएका थिए। उनले अन्य दलहरुलाई पनि भेला रद्द गर्न अपिल गरे।

राहुलले भनेका छन्, ‘कोरोनाको अवस्थालाई ध्यानमा राखेर म बंगालमा भएका मेरा सबै सार्वजनिक भेला स्थगित गर्दैछु । म सबै राजनैतिक नेताहरूलाई वर्तमान परिस्थितिमा ठूलठूला सार्वजनिक भेलाहरू आयोजना गर्दा हुने परिणामहरूबारे गहिरिएर विचार गर्न सल्लाह दिन्छु।’ प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा नेता ज्योतिरादित्य सिन्धियाले राहुल गान्धीलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *