भारतमा कोरोनाको डरलाग्दो तथ्यांक, २४ घण्टामा ३ लाख १५ हजार संक्रमित थपिए

डिसी नेपाल
९ वैशाख २०७८ १२:२५
140
Shares

काठमाडौं। कोरोनाभाइरस संक्रमित थपिने क्रममा भारतले सबै देशलाई पछि पारेको छ । अहिलेसम्म सबैभन्दा धेरै संक्रमित भेटिएको देश अमेरिकाको दैनिक संक्रमण दरलाई समेत उछिन्दै भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १५ हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् । जोन हप्किन्स विश्वविद्यालयको कोभिड १९ ट्रयाकरका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १५ हजार ८०२ नयाँ संक्रमित थपिएका छन् ।

यो अहिलेसम्म कुनै एक देशमा २४ घण्टामा भेटिएका संक्रमितको सबैभन्दा ठूलो संख्या हो । यसअघि अमेरिकामा ८ जनवरीमा सबैभन्दा बढी ३ लाख ७ हजार संक्रमित थपिएका थिए । मृत्युको केसमा पनि पछिल्लो समय निकै डरलाग्दो तथ्यांक आएको छ । बुधबार २१ सय १ जनाको मृत्यु भएको छ । यसअघि मंगलबार २ हजार २१ जनाको मृत्यु भएको थियो । एक दिनमा यति धेरै मृत्यु भएको ब्राजिलपछि भारतमा दोस्रो ठूलो संख्या हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.