संसद बैठकमा पूर्व प्रधानमन्त्रीले सभामुखलाई ‘जुत्ताले हान्छु’ भनेपछि …

डिसी नेपाल
९ वैशाख २०७८ १५:३३
1.4k
Shares

काठमाडौं। पाकिस्तानको तल्लो सदन राष्ट्रिय सभामा पूर्व प्रधानमन्त्री शाहीद खकान अब्बासीले गरेको व्यवहारले अहिले त्यहाँको राजनीति तरंगित छ । मंगलबार संसदको आकस्मिक सत्रमा पूर्व प्रधानमन्त्री अब्बासीले सभामुख असद काइसरलाई ‘जुत्ताले हान्छु’ भनेका थिए ।

मंगलबार संसदको आकस्मिक सत्रमा पाकिस्तानका लागि फ्रान्सका राजदूतलाई देशबाट निकाल्ने कि ननिकाल्ने भन्ने विषयमा छलफल गर्ने कार्यक्रम थियो । पाकिस्तानमा ईशनिन्दाको आरोपमा केही व्यक्तिलाई सजाय दिइएको विरोधमा फ्रान्समा प्रदर्शन भएको थियो । यही विषयलाई लिएर फ्रान्सका राजदूतलाई निष्काशन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गर्न संसदमा एजेण्डा तय गरिएको थियो ।

मंगलबारको बैठकमा सभामुख काइसरले केही विपक्षी सांसदहरुलाई बोल्न नदिएपछि पूर्व प्रधानमन्त्री अब्बासी आफ्नो ठाउँबाट उठेर सभामुखको डायसनजिकै गएका थिए । सभामुखनजिकै गएर अब्बासीले सभामुखलाई सांसदलाई बोल्न नदिएकोमा लाज मान्नुपर्ने भनेका थिए । सभामुखले अब्बासीलाई आफ्नो व्यवहार पनि हेर्न भनेपछि रिसाएका अब्बासीले सभामुखलाई जुत्ताले हान्छु भनेका थिए ।

पाकिस्तानी अखबार द एक्सप्रेस ट्रिब्युनका अनुसार बुधबार सभामुख काइसरले पूर्व प्रधानमन्त्री अब्बासीलाई पत्र लेख्दै माफी माग्न भनेका थिए । पत्रमा पाकिस्तान मुस्लिम लिग नवाजका नेता पूर्व प्रधानमन्त्री अब्बासीलाई आफूले तल्लो सदनका संरक्षकसँग निरन्तर दुर्व्यवहार गरेको र संसदको स्वीकृत मापदण्ड पालना नगरेको स्वीकार गर्दै माफी माग्न भनिएको थियो ।

अब्बासीले भने माफी माग्न अस्वीकार गरेका छन् । पाकिस्तानी अखबार द नेशनका अनुसार बिहीबार मिडियासँग कुरा गर्दै अब्बासीले राष्ट्रिय जवाफदेहिता ब्युरो विपक्षीहरुका लागि बनेकोले आफूले माफी नमाग्ने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.