भारतीय प्रधानमन्त्री मोदी र मुख्यमन्त्रीबीच छलफल

डिसी नेपाल
१० वैशाख २०७८ २३:३७
40
Shares

नयाँदिल्ली (एएनआई)। कोरोनाभाइरसको महामारी दिनप्रति दिन तिव्र रुपमा फैलिन थालेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन्।

पछिल्लो समयमा धेरै सङ्क्रमितहरु देखिएका ११ प्रदेशका मुख्यमन्त्रीहरुसँग उनले छलफल गरेको जनाइएको छ। छलफलका क्रममा प्रधानमन्त्री मोदीले सवै प्रदेशका मुख्यमन्त्रीहरुलाई कोरोनाभाइरस विरुद्ध मिलेर लड्नु पर्नेमा जोड दिएका थिए।

संयुक्त रुपमा लड्नका लागि उनले केही प्रस्तावहरु समेत राख्नु भएको र छलफल भएको अधिकारीहरुले बताएका छन्। आफ्नै अध्यक्षतामा भएको बैठकमा प्रधानमन्त्री मोदीले भने, “कोरोनाभाइरसका विरुद्धमा एक्ला एक्लै लडेर सकिदैन, त्यसका लागि सवै पक्षका बीचमा सहकार्य र सहयोग आदान प्रदान जरुरी छ, त्यसैले मैले सवैलाई सँगसगै काम गर्नका लागि आह्वान गर्दछु।”

उनले यसअघि आएको पहिलो चरणको महामारी पनि राम्रो सहकार्य र व्यवस्थापनका कारण जित्न सकिएको चर्चा समेत बैठकमा गरेका थिए। यस पटक पनि त्यही अनुसार प्रतिवाद सक्नु पर्नेमा पनि उनले जोड दिए।

उनले सवै प्रदेशका स्वास्थ्य मन्त्रीहरुलाई पनि एक अर्कामा नजिक रहेर काम गर्न र एक अर्काका राम्रा अनुभवलाई उपयोग गर्न पनि सुझाव दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.